
काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आज सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३सयमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




























