
काठमाडौं ।पाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफुमागि लागेका आरोपको छानविन गर्न चूनौति दिनुभएको छ ।मंगलबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै गुरुङले सहकारी छानविन समितिको प्रतिवेदन आउनै लाग्दा आफुमाथि आरोप लगाएर बिषयान्तर गर्न खोजिएको भन्दै छानविन गर्न चूनौति दिनुभएको हो ।आफु खुल्ला कितावजस्तो रहेको भन्दै उहाले संसदीय छानबिनका लागि पनि तयार रहेको उहाले बताउनुभयो । गुरुङले निकै अघिदेखि सम्बन्ध बिग्रिएर २०७६ सालमा श्रीमती ज्योती गुरुङसंग सम्बन्ध बिच्छेद गरेको जिकिर गर्नुभयो ।उहाले आफुले निकै अघि श्रीमतीसंग सम्बन्धबिच्छेद गरेकाले सम्बन्ध विच्छेद भएकी श्रीमतीले गरेको दोषमा आफू भागिदार नहुने धारणा राख्नुभयो ।श्रीमतीसंग नक्कली सम्बन्ध विच्छेद गरेको कुरा पनि नियोजित रुपमा आएको भन्दै उहाले सम्बन्ध विच्छेद नक्कली प्रमाणित गर्न समेत आग्रह गर्नुभयो ।उहाले बिगतमा पनि कुनै आरोप लाग्दा निर्दोश सावित भएको स्मरण गर्नुभयो । गुरुङमागि मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेको छ ।




























