आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी ३१ करोड ११ लाख ४९ हजार ७३६ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख ७७ हजार ३८९ कित्ता शेयर कारोबार भएको छ ।

काठमाडौँ। नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७।०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ ।आज ३१२ कम्पनिको कारोबार हुदा एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ को खरिद बिक्री भएको छ ।नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ।




























