
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो । उनी गत असोज ६ गते पक्राउ परेका थिए ।साईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो । उनलाई यहि असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।




























