
काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ ।१४० रनको लक्ष्य क्यानडाले १९/३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह २० रनमा नट आउट रहे ।लप्रित बाजवा २५, नवनित धालिवाल १२, निकोलस किर्तोन २६ र हर्ष ठाकेर ११ रनमा आउट भए ।
सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिएका पिए सन्दिप लामिछानेले । ललित राजवंशीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।ओपनर आसिफ र अनिलले ९।१ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि पछिकाले राम्रो गर्न सकेनन् ।
कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४९४ रन बनाए । गुल्सन झा १६ बलमा २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे ।क्यानडाका हर्ष ठाकेरले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १/१ विकेट लिए ।




























