
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा पराजय ब्यहोरेपछि उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना समर्थकलाई डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न आग्रह गरेकी छिन् ।चुनावी नतिजापछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा भएको सम्बोधनमा उहाँले आफ्नो आदर्शका लागि कहिल्यै हार नखान समर्थकलाई अपिल गर्नुभएको बीबीसीले जनाएको छ ।‘चुनावको परिणाम जे आयो त्यो हामीले चाहेकोजस्तो थिएन, उनले भनिन्, ‘तर हामीले चुनावी नतिजालाई सम्मान गर्नुपर्छ । अब सत्ता शान्तिपूर्ण रूपमा हस्तान्तरण हुनुपर्छ ।’चुनावमा हार भए पनि आफूले उठाएका मुद्दाका लागि निरन्तर खबरदारी र सङ्घर्ष गरिरहने उहाँको प्रतिबद्धता छ । ह्यारिसले यसका लागि अभियान नै चलाउने घोषणा गर्नुभएको छ ।बुधबार आएको नतिजामा डेमोक्रेटिक पार्टीकी ह्यारिस रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पसँग पराजित भएकी हुन् । राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प २७० इलेक्टोरल भोट भन्दा बढी नतिजा ल्याएर विजयी भएका थिए भने कमला ह्यारिस पराजित भएकी थिईन् ।




























