रोशन घर्ती मगर । फेवा ताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ लोकप्रीय छ । 'फेवा' गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो। 'वैदाम' गाउँको छेउमा पर्ने हुँदा वैदाम ताल पनि भनिने गरिन्छ। र यसको बीचमा 'बराही मन्दिर'को अबस्थितिले यसलाई बराह मन्दिरमा पनि चिनाउन सफल भएको छ । यो तालमा माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ । यी दृश्यहरूले सबैको मनलाई आनन्द र हर्स प्रदान गर्दछ। घाम झुल्किदा र अस्ताउदाको दृश्य पनि एकदमै हर्सलाग्दो र मनलाई प्रफुल्लित बनाउने हुन्छ।









