
काठमाडौं । प्रेस चौतारी नेपालको ललितपुर शाखाले पत्रकार विष्णु घिमिरे ‘कल्पित’लाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।बिहीबार प्रेस चौतारी नेपाल ललितपुर शाखाको छैटौं जिल्ला अधिवेशनका क्रममा घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पूर्वमन्त्री एवम नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली र प्रेस चौतारीका ललितपुर अध्यक्ष बाल मुकुन्द आचार्यलगायतले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका हुन् ।उनले भने, ‘मिडियालाई सत्यतथ्यको लागि बचाउनुपर्ने छ । प्रेस चौतारीले मिडियाहरुलाई कसरी बचाउने ठूलो चुनौति छ । सूचना प्रविधिको दुरुपयोग असाध्यै तिव्र रफ्तारमा गइरहेको छ । सही र गलत सूचनाहरुको बीचमा मिडियाहरु छन् । जानकारीमूलक समाचारलाई जोगाउन आवश्यक छ ।’साथै उनले अहिलेको समयमा धेरै मिडियाहरु भएकाले संख्याको हिसावले मिडिया नजोगिने बताए । उनले संचारमाध्यमहरु टिक्नको लागि कतिको गहिराइका साथ समाचार उजागर गर्न सकिन्छ भन्ने विषय ठूलो भएको बताए ।




























