
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म अधिवेशन हुन नसके पार्टी कमजोर हुने बताएका छन् ।शुक्रवार नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यन्वयन नहुँदा जनता निरासा बढेको बताएका हुन् ।कांग्रेस मोरङ-काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा शुक्रबार गरेको अन्तर्क्रियामा बोल्दै कोइरालाले समयमै महाधिवेशन गर्न दबाब दिनुपर्ने बताए।उनले नेपाली कांग्रेस अहिलेको समस्या समाधानको लागि मियो बन्नुपर्ने समयमा एमाले, माओवादीको पछि लागेको बताए ।आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताउँदै उनले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए ।यस्तै नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले सामाजिक सञ्जाल विधेयक नागरिकको गोपनियताको हकमा फोकस हुनुपर्ने बताए ।यस्तै उक्त विचार गोष्ठीमा बोल्दै नेपाली कांग्रेसका नेता एनपी साउदले सविधान सशोधनको लागि दुई तिहाईको सरकारले पहिले पाइला पनि चाल्न नसकेको बताए ।




























