
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७३ हजार ४ सय रुपैयाँ थियो ।अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।




























