
काठमाडौं । चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ ।कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बाप्र०३–०१–००५ ख ९७८६ नम्बरको पाँचपोखरी यातायातको बसमा आगो लागेको हो ।बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।पाँचपोखरी यातायातको सार्वजनिक बसमा आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाबाट दकमल मगाएर नियन्त्रणमा लिइएको बोहराले बताए । १ बजे लागेको आगो १ः२० मै नियन्त्रणमा लिइएको थियो ।दिउँसो १ बजे लागेको आगो २० मिनेटमै चन्द्रागिरी नगरपालिकाको दमकलमार्फत नियन्त्रणमा लिइएको हो । बस पूर्ण रूपमा जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।




























