
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई मंगलबार आठौंपटक म्याद थपका लागि अदालतमा पेश गरिएको थियो ।
१५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ । मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य कारणले थुनाबाहिर राखेर अनुसन्धान भइरहेको छ, भने आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं थुनामै छन् ।
मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । पछि पक्राउ परेका आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।राजावादी समूहले गरेको उक्त अराजक प्रदर्शनमा एक पत्रकार सहति दुई जनाले ज्यान गुमाएका थिए ।



























