
काठमाडौँ। सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्म छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।




























