
काठमाडौं । स्पेन जारी महिला युरो कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।स्पेनको जितमा खेलको ११३औं मिनेटमा आइटाना बोनमाटी गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशबाट कुनासी गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।अब स्पेनले फाइनलमा इङल्याण्डको सामना गर्ने छ । इङल्याण्डले पहिलो सेमिफाइनलमा इटालीलाई पराजित गर्दै फाइनलमा पुगेको छ । अब फाइनल खेल जुलाई २७ मा हुने हुने छ ।




























