
काठमान्डौं । नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य आज शुक्रबार एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो ।यससँगै सुनको भाउ १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ।सुनको मुल्य यस अघि साउन २० गते तोलामा एक लाख ९८ हजार ५ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मुल्य कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।



























