
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काभा वुमन्स नेसन्स भलिबलको फाइनल खेल हेर्न जाने भएका छन् ।
नेपाल र भारतको फाइनल खेल दशरथ रंगशाला कभर्डहलमा बुधवार साँझ पाँच बजे सुरु हुनेछ ।नेपाल र भारतबीचको फाइनल खेल दशरथ रङ्गशालाको कभर्डहलमा बुधबार साँझ पाँच बजे सुरु हुनेछ। घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँग खेल्दै छ।यस अघि समूह चरणको खेलमा नेपालले भारतलाई हराएको थियो । नेपाल र भारतबीचको फाइनल खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ।
प्रतियोगिता अन्तर्गत आज नेपाल र भारत बिच हुने फाइनल खेलको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।




























