
जनकपुरधाम । जनकपुरमा रेल र कार ठोक्किएका छन् । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको प्रहरीले जानकारी दिएको छ। बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो ।प्रहरीका अनुसार भांगहाबाट जनकपुरतर्फ जाँदै गरेको अवस्थामा सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको हो । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठुलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठुलो क्षति पुगेको छ ।




























