
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नहुने बताएका छन् । नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै चुनाव नहुने दाबि गरेका हुन् । इनले यो एउटा योजना अन्तर्गत गरिएको प्रतिगमन भएको टिप्पणी गरेका छन् ।ओलीले भने- हामि विभिन्न हमला र घुसपैठबाट आक्रान्त भएका छौं । हामीले जाको प्रतिगमनको अवस्थालाई बुझ्नु पर्दछ । चुनाव हुदैन । चुनाव गर्ने वैधानिक बाटो सरकारले समातेको छैन । पुर्व प्रधानन्यायाधीशलाई के गर्न हुन्छ के गर्न हुदैन थाहा छैन । पूर्वप्रधानन्यायाधीश आफैले फैसला गर्ने आफै संबैधानिक अनुसार प्रधानमन्त्री हुने ? आफैले संसद विघटन गर्नु हुदैन भनेर फैसला गर्ने अनि आफैले असंबैधानिक किसिमले विघटन गर्ने ? त्यसैले यो योजना अन्तर्गत गरिएको प्रतिगमन हो ।'उनले जेन–जीको माग र आन्दोलन यससँग नजोडिने बताए । उनले जेन–जीका माग सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल भएको बताउँदै आन्दोलनमा अरु तत्त्वहरू सक्रिय भएको दाबी गरे ।बैठकमा समसामयिक प्रस्ताव लेखनका लागि पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्य राजेन्द्र गौतम र विघटित प्रनिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला रहेको समिति गठन गरिएको छ। बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई तोकिएको समयमा बोल्न समय उपलब्ध गराउने र बहस नोटका लागि पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्यद्वय विष्णु रिजाल एवं निरज आचार्यलाई जिम्मेवारी तोकिएको महासचिव शङ्कर पोखरेलले जानकारी गराए ।बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
यसमा जेनजीको आन्दोलन यससँग नजोडिने बताउदै ओलीले उनीहरुका सुशासन होस्, भ्रष्टाचार नहोस र सामाजिक सञ्जाल खोलियोस भन्ने माग रहेको बताए । साथै अहिले आफुहरुको काधमा असाधारण जिम्मेवारी रहेको त्यसलाई निभाउनु हामी सबैको कर्तव्य रहेको बताए ।




























