
काठमाडौं। कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनाउने सहमति भएको छ। सहमति अनुसार लामिछाने, बालेन र कुलमान एक भएका छन् ।बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको छ। बालेन र रास्वपा सभापति रविबीच आइतबार उक्त सहमति हुँदा कुलमानसँग सहमति भैसकेको थिएन ।सोमबार कुलमान र रविबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।रास्वपाका उपसभापति डिपी अर्यालले तीन जना मिलेर जाने सहमति भएको जानकारी दिए।सुदन गुरूङ लगायतका केही जेनजी अभियानकर्ताहरुले अहिले कुलमान घिसिङलाई आफैले गाडीमा राखेर बालेन र रविसँग वार्ता गराउन लगेका थिए। यससँगै रास्वपा र उज्यालो नेपाल पार्टी बिच सात बुँदे सहमति भएको छ ।




























