
काठमाडौँ। नेपाली कांग्रेसले कमला पन्तलाई राष्ट्रिय सभा दल नेता चयन गरेको छ। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज पन्तलाई राष्ट्रिय सभा दल नेता मनोनीत गरेका हुन्।संसदीय दल नेताले राष्ट्रिय सभा दल नेता तोक्ने विधानको व्यवस्था छ।राष्ट्रिय सभा दल नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएर पन्तलाई मनोनीत गरिएको हो। सिटौलालाई शेरबहादुर देउवा संसदीय दल नेता हुँदा राष्ट्रिय सभा दल नेता बनाएका थिए। पन्त गोरखाबाट २०५१ र २०५६ मा निर्वाचित सांसद थिइन्। साथै महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्री पनि भएकी थिइन्।



























