
काठमाडौं | सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ । यससँगै कर्मचारीहरूले महिनाभरि कुर्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।
हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए ।तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ ।अब महालेखा नियन्त्रक कार्यालयले यस प्रणाली कार्यान्वयनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाउनेछ । नयाँ व्यवस्था लागू भएसँगै नेपालको निजामती सेवामा तलब वितरणको अभ्यासमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ ।




























