
काठमाडौँ। इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन् ।दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटेर समवेदना व्यक्त गर्दै दुखद घटनाको शिघ्र अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे । रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार, मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ । ८४ घाइतेलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुईवटा रेल एकापसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ । साथै, ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन् ।दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटेर समवेदना व्यक्त गर्दै दुखद घटनाको शिघ्र अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे ।रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार, मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ । ८४ घाइतेलाई विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । स्थानीय समयअनुसार बेलुका करिब ८ः५० मा जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीको रेलहरू एकापसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ ।



























