
काठमाडौं । सर्वाधिक आठपटकको विजेता फ्रेन्च टोली लियोनविरुद्ध ४–० को सानदार जित निकाल्दै स्पेनको बार्सिलोनाले यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि हात पारेको छ ।शनिबार नर्वेको उल्लेभल रंगशालामा बार्सिलोनालाई जित दिलाउन इवा पाजोर र साल्मा पारालुएलोले समान दुई गोल गरे । चारै गोल दोस्रो हाफमा भएका थिए ।खेलको ५५औँ मिनेटमा पाजोरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ६९औँ मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाइन् ।पारालुएलोले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दा बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । इन्जुरी सयमा पारालुएलो व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् ।बार्सिलोनाले चौथोपटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको हो ।



























