
काठमाडौं । जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।काठमाडौंको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने उपाधि भिडन्तमा इरान र काजकिस्तान आमनेसामने हुनेछन् । फाइनल खेल अपराह्न साढे ४ बजेदेखि सुरु हुनेछ ।सेमिफाइनलमा इरानले नेपाललाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने काजकिस्तानले भारतलाई हराउँदै उपाधिनजिक पुगेको हो ।त्यस्तै, तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १ बजेदेखि सुरु हुने तालिका रहेको छ ।


























