
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।



























