
पालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौं आइपुग्नुभएकाे छ ।राजदूत चेन सोङ्ग आइतबार काठमाडौं आइपुग्नुभएकाे हाे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पत्रकार सम्मेलन गर्दै उहाँले नेपालको विकास, समृद्धि र चिरस्थायी मित्रतामा सहयोग गर्ने बतार्नु भयाे । उहाँले नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताउनुभयाे ।यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो । चेन सोङ्ग नेपालका लागि २२ औं चिनियाँ राजदूत हुनुहुन्छ ।
उहाँले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताउनुभयाे । नेपाल - चीन सम्बन्ध अझ कसिलो र मैत्रीपूर्ण बनाउन आफूले योगदान दिने उहाँकाे भनाई छ ।Source :ehimalaya times



























