
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता रवि लामिछानेले नेपाली नागरिकता पाएका छन् ।नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका लामिछानले नागरिकता ऐनको दफा ११ बमोजिम कागजात पूरा गरेर नागरिकता लिएका हुन् ।उनको पुरानै नागरिकता कायम भएको जिल्ला प्रशासनल कार्यालय काठमाडौंले जनाएको छ ।अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।Source:news of nepal




























