
विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा आज सम्पनन हुदैँछ ।लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोवाट सुरु भएको प्रथम महाधिवेसन आज सम्पन्न हुन लागेको हो ।काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् ।




























