
प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ । डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ ।प्रहरी वृत्त बालाजुमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ । सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए ।आन्दोलनका क्रममा बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड भएको थियो । डिएसपी बिस्टमाथि प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको आरोप छ ।




























