
ओलम्पिक गेम्सको महिला फुटबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भियतनामको सामना गरिरहेको छ ।पहिलो हाफको समाप्तिमा नेपाल २-० ले पछि परेको छ । भियतनामले नेपालविरुद्ध सुरुको ७ मिनेटमै २-० गोलको अग्रता लिएको थियो ।भियतनामका लागि दुवै गोल फाम हाई येनले गरेकी हुन्।दशरथ रङ्गशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको थियो ।




























