
नेपाल उद्योग वाणिज्य महासंघको हिजो भएको निर्वाचनअन्तर्गत एसोसिएट सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । कुल १६ सय ४९ मत खसेकोमा सर्वाधिक धेरै डा. रामशरण थपलियाले १४ सय ४० ल्याएका छन् ।एसोसिएट सदस्यतर्फ को-को विजयी ?डा. रामशरण थपलिया १४४०२. मनोज पौडेल १३७३३. आनन्दकुमार बगेरिया १३६४४. अम्बिकाप्रसाद पौडेल १३६३५. सुनिलनारायण श्रेष्ठ १३४२६. सुशील थापा १३२९७. शैलेन्द्र गुरागाईं १३१५८. राजेशकुमार अग्रवाल १३१२९. हेमन्त गोल्छा १३००१०. देशबन्धु बस्नेत १२८४११. अविनाश बोहोरा १२७५१२. गोपाल खनाल १२६५१३. उज्वलकुमार श्रेष्ठ ११९११४. प्रबलजंग पाण्डे ११२८१५. जुना माथेमा ९९११६. शक्तिकुमार बेगानी ९८८१७. सन्दीपकुमार अग्रवाल ९२५१८. ऋणी अग्रवाल ८८११८. मुकुन्दप्रसाद तिमल्सिना ८४२महासंघका लागि एसोसिएटतर्फका उपाध्यक्षको मतगणना सुरु भएको छ । एसोसिएट उपाध्यक्षका लागि ज्योत्स्ना सुब्बा श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धामा छन् ।ज्यात्स्नाले रामचन्द्र संघईको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् भने आचार्य उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठका साझा उम्मेदवार हुन् ।हिजो भएको निर्वाचनमा एसोसिएटतर्फ १५ सय १ मत खसेको छ । वस्तुगततर्फ र जिल्ला नगरतर्फका उपाध्यक्षको अन्तिम नतिजा आइसकेको छ ।वस्तुगततर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित भएका छन् । त्यस्तै जिल्ला नगरतर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।




























