
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । महानगर प्रमुख साहविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको छ ।यसअघि मङ्गलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । महानगरले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सोमबार सर्वोच्चमा रिट परेको थियो ।अधिवक्ता पदम श्रेष्ठले दायर गर्नुभएको उक्त रिटमा काठमाडौं महानगरले कानुन विपरीत फोहोर सङ्कलन नगरेको उल्लेख छ । साथै तत्काल फोहोर सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्ने लगायतका माग अधिवक्ता श्रेष्ठको छ ।




























