
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्मयन्त्री राजकुमार शर्माबीच भेटघाट भएको छ ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मुख्यमन्त्री शर्माले कर्णालीको विकासबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए । भेटका क्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहको पनि उपस्थिति रहेको थियो ।कर्णाली प्रदेशको समग्र विकास, राजस्व संकलनको अवस्था, सडक, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयमा मुख्यमन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए ।यस्तै प्रधानमन्त्री प्रचण्डसँग कर्णाली करिडोर, भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग, रारा पर्यटन मार्ग, मुक्तिनाथ जोड्ने बाटो, सुर्खेत र जुम्लाको एयरपोर्ट विस्तारको विषयमा छलफल भएको मुख्यमन्त्री शर्माले बताए ।




























