
नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई 'ए'लाई १ सय ५७ रनमा अलआउट गरेको छ । कुशल भुर्तेलले ६ विकेट लिएपछि यूएई 'ए' १ सय ५७ रनमै अलआउट भयो ।यूएई 'ए'का लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेले । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए ।नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । राष्ट्रिय टिमबाट भुर्तेलले एकै इनिङमा लिएको यो सर्वाधिक विकेट हो । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १/१ विकेट लिए ।




























