
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड आइतबार बिहान बेइजिङ आइपुग्नुभएको छ । चीनका उपविदेश मन्त्री सन वेइतङ लगाायत चिनियाँ अधिकारीले उहाँलाई बेइजिङ राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएकाे हाे ।चीनको साताव्यापी भ्रमणमा रहनुभएका प्रम प्रचण्ड चीनको जचेङ प्रान्तको हाङजौबाट विमानमार्फत् यहाँ आइपुग्नुभएकाे हो ।कार्यक्रमको सूचि अनुसार प्रम प्रचण्डले आज नेपाल चीन व्यवसाय सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ भने पेइचिङस्थित नेपाली दूतावासले उहाको स्वागतमा गर्ने कार्यक्रममा साँझ सरिक हुनुहुनेछ ।




























