
रौतहट : नेकपा एमालेको १०औं जिल्ला अधिवेशन रौतहटको गरुडामा शुरु भएको छ । शुक्रबारसम्म चल्ने अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।कार्यक्रममा अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत गरिएको छ । गरुडा नगरपालिकाका मेयर कन्थमणि जयसवालसहित केन्द्रीय नेताहरुले अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत गरे ।अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्यसमिति चयन गर्नेछ । कार्यक्रममा एमालेका सचिव योगेश भट्टराई, रधुबिर महासेठ, संघीय सांसद किरण साह, पाेलिटब्युराे सदस्य तथा केन्द्रीय सदस्यलगायतका नेताहरुको सहभागिता रहेको छ ।




























