काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् ।पोखरा घर भएका गुरुङलाई कतार जान लागेको अवस्थामा काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भैसकेको थियो।