
कैलाली । छाउगोठमा सुतिरहेकी एक महिलालाई राती बाघले आक्रमण गरी गम्भिर घाइते बनाएको छ ।
कैलालीको मोहन्याल गाउँपालिका ७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेको बताइएको छ ।४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो ।बिकलाई अहिले उपचारको लागि लम्की लगिएको छ । उनको स्वास्थ्यमा सुधार हुँदै आएको बताइएको छ ।




























