
राजनीतिक भूत, माफिया र दलालहरु अहिले रास्वपा विरुद्ध खुल्ला रुपमा मैदानमा उत्रेका छन् । १२ भाइ भनेर चिनिएका पत्रकार मध्येको जेठो कान्तिपुरले रास्वपाका अध्यक्ष रवि लामिछानेले सहकारीको पैसा हिनामिना गर्ने जिवी राइलाई सपोर्ट गरेको र यसमा उनको पनि संलग्नता रहेको भनेर एकनासले झूटो प्रचार गरिरहे पनि अन्त्यमा उसले रवि लामिछानेसँग माफी मागेको दावी रास्वपाका सहमहामन्त्री कविन्त्र बुर्लाकोटीले डिकुरा टेलिभिजनसँगको वार्तामा बताए । कान्तिपुरको झूट जनताले पत्ता पाएपछि उसले आत्तिएर माफी मागेको उनले बताएका हुन् । उनको दावी छ, हामीलाई स्टन्ड गरेको भनेर जिस्काउनेहरुले ८४ मा थाहा पाउने छन् हामी कसरी जनताको भावना बोकेर उनीहरुलागि लडिरहेका छौं ।
सहमहामन्त्री बुर्लाकोटीले अगाडि बताए, अहिले संसदमा पनि हाम्रो उपस्थिति र प्रस्तुति सबैभन्दा प्रभावकारी देखिएको छ । एकादुएक सांसद बाहेक सदनको सौन्दर्य नै रास्वपाका सांसद बनेका छन् । सडकदेखि सदनसम्म हामी नै सच्चा प्रतिपक्षको रुपमा देखिएका छौं र सत्तामा पुगेपछि हामी उस्तै प्रभावशाली रुपमा देश र जनताको सेवा गर्ने छौं । हामी जनताको आशा र भरोसा हौं । यो शक्तिलाई बचाएमात्र देशको भलो हुन्छ र जनताको भविष्य सुनिश्चित हुन्छ भन्नेमा अब दुई मत नै नरहेको उनले दावी गरेका छन् भने उनले रविलाई संघर्ष गरेर कहिल्यै नथाक्ने रवि लामिछाने एक योद्धा हुन् भनेका छन् । सम्पूर्ण वार्ताका लागि भिडियो हेर्नुहोस् ।




























