नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ । शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा दुई हजार ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।त्यस्तै आज तेजावी सुन पनि तोलामा दुई हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यता, आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १६ सय १५ रुपैयाँमा स्थिर रहेको थियो ।