नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट पूवाग्रहीपूर्ण रहेको आफ्नो भनाइ पुष्टि हुँदै गएको बताउनुभएको छ ।बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले बजेटको विनियोजित शीर्षकमाथिको छलफल हुँदै गर्दा बिभिन्न मन्त्रालयमाथि पूवाग्रहीपूर्ण तवरले बजेट बिनियोजन गरिएको पुष्टि भएको बताउनुभएको हो । उहाले पहुँचका भरमा कनिका छरेजस्तो बजेट बिनियोजन भएको र अहिलेजस्तो गलत ठाउँमा बजेट दिने काम यसअघि कहिल्यै नदेखिएको धारणा राख्नुभयो । त्यस्तै आफ्ना अनुकुल भएको व्यक्तिको संघसंस्थालाई पनि अव्यवहारिक रुपमा बजेट बितरण गरिएको आरोप लगाउनुभयो ।
उहाले बजेटले निराशा दिने काम बाहेक केहि दिन नसकेको जिकिर गर्नुभयो ।