
२१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ चितवनमा मनाइने भएको छ ।२१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ मूल समारोह समितिले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि नाराका साथ आगामी असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्रीको उपस्थीतिमा धान दिवस मनाइने जानकारी दिएको हो । त्यसअघि असार १४ गते नार्क परिसर खुमलटारमा धान विशेष अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको कृषि बिभागका महानिर्देशक नरहरि प्रसाद घिमिरेले जानकारी दिनुभयो ।उहाले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलव्ध प्रविधिहरुको प्रचार प्रसार गरि सम्बद्ध पक्षलाई जागरुक बनाइ धान उत्पादन बनाउनुपर्ने सन्देश यस बर्षको नाराले दिएको धारणा राख्नुभयो । घिमिरेले अहिलेसम्म देशभर औसत कुल ९.८ प्रतिशत क्षेत्रफलमा रोपाई भएको बताउनुभयो ।
उहाले देशभर करिब १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको जानकारी दिनुभयो ।



























