काठमाडौं ।विश्व जनसङ्ख्या दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दिवसको नारा ‘समावेशी तथ्याङ्कको शक्तिलाई अँगालेर सबैका लागि सुदृढ र समतामूलक भविष्यतर्फ’ भन्ने तय गरिएको छ।विश्व जनसंख्या दिवस मनाइरहँदा विश्वका लागि जनसंख्या मूख्य चुनौती बन्ने देखिएको छ ।यद्यपि कुनै देशमा भने जनसंख्या बृद्धिको ऋणात्मक संकुचन अर्को चुनौती बन्दै गएको छ । जनसंख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विश्व्यापी बहसको विषय बन्दै गइरहेको छ ।राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जनसंख्या करिव तीन करोड पुगेको छ । जसमध्ये पुरुषको तुलनामा महिलाको जनसंख्या धेरै रहेको छ ।हालको विश्व जनसङ्ख्या ८ अर्ब १२ करोड ५ लाख ८ हजार २ सय २२ रहेको छ। जुलाई १०,२०२४ मा वर्ल्डमिटर द्वारा प्रकाशित तथ्याङ्क अनुसार हिजो सम्मको विश्व जनसङ्ख्याको विवरण ८ अर्ब १२ करोड पुगेको हो।संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार नेपालको आजको जनसङ्ख्या ३ करोड, १२ लाख, ४७ हजार ७ सय ८८ रहेको छ। नेपालको हाल वार्षिक औसत जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो।