काठमाडौँ |नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न बचतका आधारमा तीन चरणको बर्गिकरण गर्न सुझाव दिनुभएको छ । रोल........सिंहदरबारमा सोमबार बसेको सहकारीको संस्था बचत रकम सम्वन्धमा संसदीय छानबिन समिति बैठकमा अधिकारीले एकलाख सम्मका बचतकर्ता, पाँच लाखसम्मका बचतकर्ता र सो भन्दा बढि बचत गर्ने बचतकर्ता गरि तीन चरणमा बर्गिकरण गरि रकम फिर्ता गर्नसहज हुने सुझाव दिनुभएको हो ।उहाले समस्याग्रस्त सहकारीका सम्बन्धमा बिशेष टीम गठन सकिने पनि सुझाव दिनुभएको समिति संयोजक सूर्य थापाले बताउनुभयो । भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, नियमनलाई कम महत्व दिएको र सुपरीवेक्षण हुन नसकेको कारणले सहकारीमा समस्या देखिएको धारणा पनि गभर्नरले राख्नुभएको उहाले बताउनुभयो । समिति संयोजक थापाले समितिमा गभर्नरका साथै बैंकर्स एशोसिएसन, कर्जा सूचना केन्द्र, पछिल्लो सहकारी सुझाव समितिसंग पनि छलफल गरेको जानकारी दिनुभयो । छलफलका क्रममा एउटै कर्जा सूचना केन्द्र बनाउन सकिने समेत सुझाव आएको थापाले बताउनुभयो । बाइट..............समितिले अर्को बैठकमा सहकारी बिभागका पूर्व रजिष्टारहरुसंग छलफल गर्ने जनाएको छ । समिति सभापति थापाले सहकारी पिडितको बचत स्वयं सहकारी संस्थाहरुबाटै असुलउपर गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको जिकिर गर्नुभयो ।