काठमाडौं । बंगलादेशमा भएको आन्दोलनका कारण परिस्थिती असहज भएपछि पढ्न गएका १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।सरकारी आरक्षण कोटा विवादमा जारी आन्दोलनका कारण त्यहाँ अध्ययनरत करिब १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बङ्गलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ। ढाकास्थित नेपाली दूतावास विद्यार्थीहरू, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विद्यार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ।
बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी छ । जारी प्रदर्शनमा पक्राउ पर्नेको सङ्ख्या २ हजार ५०० नाघेको छ भने कम्तीमा १७४ जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा कयौँ प्रहरी अधिकारीसमेत रहेका छन् ।