
काठमाडौं । साताको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो।उच्च मूल्यबाट सुन २७ सय रुपैयाँ घटिसकेको छ ।चाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । प्रतितोला १ हजार ९८० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।




























