
काठमाडौँ । नेप्से परिसूचकमा आज गिरावट आएको छ । आज नेप्से ३५.०९ अंकले घटेर २७२५. ७१ विन्दुमा कायम भएको छ ।आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।आज माई खोला हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ५.९० प्रतिशतले बढेको छ ।त्यस्तै आज सामुदायिक लघुवित्तको सेयर मुल्य सबैभन्दा बढी ४.४६ प्रतिशतले घटेको छ ।आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ८८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।




























