अरुको बारेमा बुझाइको कमी हाम्रो समाजमा तनावको सतत स्रोत हो । हामीले एक वकीलले यसो भनेको सुनेका छौं, “मानिसको बीचमा हुने आधा विवाद र संघर्ष विचारको मतभेद या सहमत हुने अयोग्यताले हैन, बरु एकअर्कालाई बुझ्न नसक्नाको कारणले उत्पन्न हुन्छ । यदि हामी गलतबुझाइको संख्या कम गर्न सक्छौं भने अदालत यति भरिभराउ हुँदैन हिंस्रक अपराध कम हुनेछ, सम्बन्धविच्छेदको दर कम हुनेछ र अधिकांश मानिसद्वारा हर दिन भोगिएको तनावको मात्रा नाटकीय रुपमा घट्नेछ ।”
यति बुझ्न महङ्खवपूर्ण छ भने धेरैजसो मानिस यसको अभ्यास किन गर्दैनन् ? यसको कैयौं कारण छन्ः
डर
सत्रौं शताब्दीमा अमेरिकाका विलियम पेनले सल्लाह दिएका थिए, “जुन तिमी बुझ्दैनौ त्योसँग घृणा या विरोध नगर ।” तर कैयौं मानिस यसको बिल्कुलै उल्टो गर्छन् । जब उनीहरुले अरुलाई बुझ्न सक्दैनन् तब उनीहरु धेरैजसो डराएर प्रतिक्रिया गर्छन् । जब उनीहरु अरुदेखि डराउन थाल्छन्, तब सायदै कहिल्यै यो डरभन्दा पर गएर त्यस बारेमा धेरै जान्ने कोसिस गर्छन् । यो एक नराम्रो चक्र बन्छ ।
जब हामी अफिसरप्रति कर्मचारीको व्यवहार ध्यान दिएर हेर्छौं तब हामीलाई दुर्भाग्यले त्यसको मूलमा डर देखाइदिन्छ । श्रमिक आफ्ना मेनेजरदेखि डराउँछन् । मध्यम मेनेजर सिनियर मेनेजरबाट आतङ्कित रहन्छ । दुवै समूह कैयौं पटक एक्जिक्यूटिभदेखि डराएका हुन्छन् । नचाहिँदो शङ्का, संवादको अभाव र घटेको उत्पादकता यही डरको कारणले उत्पन्न हुन्छ । युनाइटेड हस्पिटल इन्कका मानवीय संसाधन विभागका भाइस प्रेसिडेन्ट डा. एम. माइकल मार्काेविचका अनुसार कर्मचारी सुझाव दिन अनिच्छुक हुन्छन् । यहाँ यसका केही कारण दिइरहेको छः
. उनीहरु सोच्छन् कि उनीहरुको विचार अस्वीकार गरिनेछ ।
. उनीहरुलाई लाग्छ कि उनका सहकर्मीले विचार मनपराउने छैनन् ।
. उनीहरु सोच्छन् कि यदि विचार सफल भयो भने पनि उनीहरुले श्रेय पाउने छैनन् ।
. उनीहरु डराउँछन् बोसलाई यी विचारबाट खतरा महसुस हुनेछ ।
. उनीहरुलाई चिन्ता हुन्छ कि ती मुश्किल उत्पन्न गर्नेहरुको लेबल टाँसिनेछ ।
. उनीहरु यो कुरादेखि डराउँछन् कि यदि उनीहरुले भनेको विचार असफल भयो भने उनीहरुको नोकरी जानसक्छ ।
यो सबको कारणको मूलमा डर छ । तर यदि नोकरीको वातावरण स्वस्थ छ यदि तपार्इं अरुलाई शङ्काको फाइदा दिनुहुन्छ र डराउनुको कारण बुझ्नमा जोड दिनुहुन्छ भने हर मानिस मिलेर सकारात्मक रुपमा काम गर्न सक्छ । मानिसलाई सिर्फ राष्ट्रपति हेरी ट्रूमेनको सल्लाह प्रयोग गर्ने जरुरत छ, जसले भनेका थिए, “अगाडिको मानिसको दृष्टिकोणलाई बुझ्नको लागि हामीले यो बुझ्नु पर्नेछ कि ऊ के गर्ने कोसिस गरिरहेको छ । दसमध्ये नौ पटक ऊ सही काम गर्ने कोसिस गर्छ ।”
आत्मकेन्द्रीयता
यदि बुझ्ने बाटोमा डर बाधा बन्दैन भने आत्मकेन्द्रीयता बाधा बन्छ । कसैले भनेका थिए, “हर प्रश्नको दुई पक्ष हुन्छ, जबसम्म यो हामीसँग व्यक्तिगत रुपमा सम्बन्धित हुँदैन ।” धेरै मानिस यस्तै तरिकाले सोच्छन् । हर मानिस जानीबुझी आत्मकेन्द्रित हुँदैनन् । यो त मानव स्वभाव हो कि मानिस पहिला आफ्नो हितको बारेमा सोच्छन् । यदि तपाईं यसको उदाहरण हेर्न चाहनुहुन्छ भने कुनै दुई वर्षको बच्चासँग खेल्नुस् । ऊ स्वभाविक रुपमा आप्mनो सबैभन्दा राम्रो खेलौना आफूले राख्नेछ र आफूले चाहेको काम गराउन जोड दिनेछ ।
आफ्नो स्वभाविक आत्मकेन्द्रीयताबाट मुक्ति पाउने एक तरिका यो हो कि हामी अरुको दृष्टिकोणले स्थिति हेर्ने कोसिस गरौं । आर्ट मोर्टेलले सेल्समेनको सम्मेलनमा आफ्नो यो अनुभव सुनाएका थिए, जब म चेसमा हारिरहेको हुन्छु, तब सधैं उठेर आफ्नो विरोधीको पछाडि उभिन्छु र बोर्डलाई उसको तर्फबाट हेर्छु । तब मलाई आफ्नो मूर्खतापूर्ण चाल प्रष्ट दृष्टिमा आउँछ, किनकि म उसलाई उसको दृष्टिले हेर्न सक्छु । सेल्समेनको चुनौती के हो भने ऊ दुनियाँलाई सम्भावित ग्राहकको दृष्टिले हेर्न सक्छ ।”
हाम्रो व्यवसाय चाहे जे होस्, यो हामी सबैको लागि चुनौती हो । एक सूत्रवाक्य छ, जसलाई जोनले वर्षौं पहिला फाइलमा सजाएर राखेका थिए । यसको नाम हो, “अ शर्ट कोर्स इन ह्यूमन रिलेशन्स ।” किनकि यो धेरै समयदेखि लोकप्रिय छ, यसैले तपाईंले सायद यो पहिला पनि सुन्नुभएको होला, तर यसले हामीलाई याद दिलाउँछ कि मानिससँग व्यवहार गर्दा हाम्रो प्राथमिकता के हुनुपर्छः
सबैभन्दा महङ्खवहीन शब्द ः म
सबैभन्दा महङ्खवपूर्ण शब्द ः हामी
सबैभन्दा महङ्खवपूर्ण दुई शब्द ः तपाईंलाई धन्यवाद ।
सबैभन्दा महङ्खवपूर्ण तीन शब्द ः सबै माफ गरे“ ।
सबैभन्दा महङ्खवपूर्ण चार शब्द ः तपार्इंको के विचार छ ?
सबैभन्दा महङ्खवपूर्ण पाँच शब्द ः तपाईंले धेरै राम्रो काम गर्नुभयो ।
सबैभन्दा महङ्खवपूर्ण छ शब्द ः म तपाईंलाई धेरै राम्रो ठान्छु ।
आफ्नो दृष्टिकोण बदलेर आत्मकेन्द्रीयताबाट बुझ्ने स्थितिसम्म आउन सकिन्छ, बस यसमा इच्छा र संकल्पको आवश्यकता हुन्छ, जसमा हामी सधै स्थितिलाई अरु मानिसको दृष्टिकोणबाट हेर्ने कोसिस गरौँ ।
मतभेदलाई महङ्खव दिनुको असफलता
आत्मकेन्द्रीयतालाई हटाइसकेपछि अर्को तार्किक कदम यो कुरालाई चिन्नु र यसको सम्मान गर्न सिक्नु हो कि हर मानिसमा अनौठो गुण हुन्छ । अरुलाई आफ्नो छविमा ढाल्ने कोसिस गर्नुको साटो हामीले उनीहरुको भिन्नतालाई महङ्खव दिन सिक्नुपर्छ । यदि कसैमा कुनै यस्तो गुण आउँछ जुन गुण तपाईंमा छैन भने धेरै राम्रो कुरा हो । तपाईंहरु दुवै एकअर्काको कमजोरीलाई शक्ति प्रदान गर्न सक्नुहुन्छ । यदि दोस्रो मानिस कुनै दोस्रो संस्कृतिबाट आएको हो भने आफ्नो ज्ञानको विस्तार गर्नुस् र उसबाट जति सिक्न सक्नुहुन्छ सिक्नुस् । तपाईंको नयाँ ज्ञान सिर्फ उसको लागि मात्र हैन, अरुसँग सम्बन्ध बनाउनमा पनि तपाईंलाई मद्दत गर्नेछ । मानिसको स्वभावगत भिन्नताको पार्टी मनाउनुस् । विविधताबाट मानिसको बीचमा रोचक शक्ति पैदा हुन्छ । उदाहरणको लागि जोनको स्वभाव कोलेरिक सेग्विन ९अजयभिचष्अ(कबलनगष्लभ० हो, जसको मतलब हो उनीहरुको रुचि आनन्द लिनुमा र उनीहरुलाई तत्काल निर्णय लिन राम्रो लाग्छ । दोस्रोतिर मेलेनकोली फ्लेगमेटिक ९mभबिलअजयथि उजभिनmबतष्अ० हो । उनी एक महान् चिन्तक र सूचनाका राम्रा प्रोसेसर हुन्, जब उनले निर्णय लिनुपर्ने हुन्छ, तब उनी बुद्धिमत्तापूर्ण निर्णयमा पुग्नको लागि यथासम्भव धेरै जानकारी जम्मा पार्छन् । अलग–अलग काम हामी राम्रोसँगले गर्छौं । तर जब हामी सँगसँगै काम गर्छौं तब हामी प्रभावकारी हुँदैनौं ।
जब तपाईं अरुको भिन्नतालाई महङ्खव दिन सिक्नुहुन्छ, तब तपाईंलाई यो अनुभव हुनेछ कि लिडरशीप र प्रेरणामा सबैको प्रतिक्रिया एक समान हुँदैन । केनले कर्पोरशनका प्रेसिडेन्ट जोसेफ बेकले यो सत्य रेखाङ्कित गर्दै भनेका थिए, प्रभावकर्तालाई “यो अनुभव हुनुपर्छ कि अलग–अलग मानिस अलग–अलग तरिकाले प्रेरित हुन्छन् । उदाहरणको लागि एक राम्रो बास्केटबल कोचलाई थाहा छ, कहिले कुन खेलाडीलाई श्रेष्ठताको लागि प्रोत्साहन दिनुपर्छ र कहिले उसलाई गाली गरेर सिकाउनुपर्छ । मुख्य अन्तर के हो भने सबै खेलाडीलाई प्रोत्साहनको आवश्यकता हुन्छ र केही खेलाडीलाई गाली गर्ने आवश्यकता पनि हुन्छ ।”
समानता स्वीकार गर्नमा असफलता
जब तपाईं मानिसको बारेमा धेरै सिक्नुहुन्छ र अरुलाई राम्रोसँगले चिन्नुहुन्छ, तब छिट्टै तपाईंलाई यो अनुभव हुन थाल्नेछ कि मानिसमा धेरै कुरा समान हुन्छन् । हामी सबैको जीवनमा इच्छा र डर, खुशी र दुःख, सफलता र समस्या हुन्छन् । सायद किशोरावस्थामा यो चिन्ने सबैभन्दा कम सम्भावना हुन्छ कि मानिसमा धेरै गुण समान हुन्छ । यसको एक राम्रो उदाहरण यो कथा होः
एक किशोरी आफ्नो बाबुको अगाडि आफ्नो समस्या सुनाइरहेकी थिइन् । उनले भनिन्– उनले साथीहरुको भयानक दबाबको सामना गर्नु परिरहेको थियो, उनका आफ्नो मित्रसँग झगडा चलिरहेको थियो, उनले स्कुलको पढाइ तथा शिक्षकसँग समस्या आइरहेको थियो । बाबुले यो कोसिस गरे कि उनी हरेक कुरालाई सही दृष्टिकोणले हेर्नमा आफ्नी छोरीको मद्दत गरुन् । यो सोचेर उनले भने जीवन त्यति अन्धकारपूर्ण हुँदैन, जति यो देख्नु कि असलमा उसको धेरैजसो चिन्ता सायद अनावश्यक छ ।
ती केटीले जवाफ दिइन्, “तपाईंको लागि यसो भन्न सजिलो छ । तपाईंको सारा समस्या पछाडि छुटेको छ ।”
आफ्नो आसपास घट्ने खालका घटनामा हाम्रो प्रतिक्रिया भावनात्मक हुन्छ । यसैले आफ्नो बुझाइ बढाउनको लागि यो सोच्नुस् कि यदि तपाईं अगाडिको मानिसको स्थानमा हुनुहुन्थ्यो भने तपाईंको भावना के हुनेथियो । तपाईंलाई थाहा छ, तपाईं कुनै स्थितिमा के भएको देख्न चाहनुहुन्छ । यो कुराको सम्भावना छ, जुन मानिससँग तपाईं काम गरिरहनुभएको छ, ऊ पनि यस्तै कुरा सोच्छ होला ।
हामीले यो नीति बुझ्ने एक महिलाको अद्भुत उदाहरण देखेका छौं । एक क्याण्डी स्टोरमा राम्रा चकलेट पाइन्थे, तर ती चकलेट तौलेर बेच्ने गरिन्थ्यो । त्यो स्टोरमा एक सेल्सक्लर्क थिइन्, जसको अगाडि चकलेट किन्ने ग्राहकको लाइन लागेका हुन्थे, जबकि अन्य सेल्स क्लर्कको कोही ग्राहक आउँदैनथे । स्टोरका मालिकले जब देखे, तब उनले ती सेल्स क्लर्कसँग यसको रहस्य सोधे ।
उनले जवाफ दिइन्, “यो सजिलो छ अरु केटीहरु धेरै चकलेट टिपेर तराजुमा राख्छन्, बढी भयो भनेर झिक्ने काम गर्छन् । म सधै“ एक पाउण्डभन्दा कम चकलेट राख्छु र फेरि त्यसमा चकलेट थप्दै जान्छु । ग्राहकलाई लाग्छ कि म उनीहरुलाई फाइदा पु¥याइरहेकी छु र उनीहरुले आफ्नो पैसाको बदलामा धेरै चकलेट पाइरहेका छन् ।”
मानिसलाई बुझ्नको लागि यी सिद्धान्त जरुरी छन्
मानिसको इच्छा र आवश्यकता थाहा पाउनु उसलाई बुझ्ने कुञ्जी हो । यदि तपाईं उसलाई बुझ्न सक्नुहुन्छ भने तपाईंले उसलाई प्रभावित गर्न सक्नुहुन्छ र उसको जीवनमा सकारात्मक प्रभाव पार्न सक्नुहुन्छ । यदि हामी मानिसलाई बुझ्न मद्दत गर्नेहरुको सिद्धान्तको एक सानो सूची बनाउन चाहन्छौं भने हामी यी पाँच सिद्धान्त रोज्नेछौंः
१. हर मानिस केही न केही बन्न चाहन्छ
दुनियाँमा यस्तो कुनै मानिस छैन, जसमा केही बन्ने या महङ्खवपूर्ण हुने इच्छा नहोस् । जुन मानिसमा महङ्खवाकाङ्क्षा र घमण्ड न्यूनतम छ, त्यो पनि अरुको सम्मान पाउन चाहन्छ ।
जोनलाई याद छ, यो भावना उसको मनमा प्रबलताले तब जागेको थियो, जब ऊ चौथो कक्षामा थियोः
जब म नौ वर्षको थिएँ, तब म आफ्नो पहिलो बास्केटबल म्याचमा गएँ, मलाई अझै पनि त्यो म्याच याद छ । म जिमनेशियमको बालकोनीमा आफ्ना साथीसँगै उभिएको थिएँ । म्याचभन्दा धेरै मलाई शुरुवाती लाइनअपको घोषणा याद छ । सारा बत्ती निभाएर केही स्पटलाइट्स बालिएका थिए । एनाउन्सरले खेलाडीको नाम बोलाए र मानिसको तालीको बीचमा एक एक गरेर दौडेर बीच मैदानमा आए ।
म त्यो समय चौथो कक्षामा पढ्थे“ । मैले आफैंसँग भनेँ, “वाह, म चाहन्छु मेरो नाम घोषणा हुँदा पनि यसैगरी ताली बजोस् ।” असलमा परिचय सकिएपछि मैले आफ्ना मित्र बबी विल्सनसँग भनें, “बबी, जब म हाईस्कुलमा पुग्नेछु तब उनीहरुले मेरो नामको घोषणा गर्नेछन् र म दौडेर बास्केटबलको मैदानको बीचको स्पटलाइटमा उभिनेछु । मानिस मेरो लागि ताली बजाउनेछन्, किनकि म केही बन्नेवाला छु ।”
म त्यो राती घर गए र आफ्ना बाबुसँग भने, “म बास्केटबल खेलाडी बन्न चाहन्छु ।” छिट्टै उनले मेरो लागि बास्केटबल किने र मैले आफ्नो ग्यारेजलाई खेल मैदान बनाए । फाउल शटको अभ्यास गर्ने र बास्केटबल खेल्नको लागि म ‘ड्राइभ वे’को चिसो छिडीबाट हटाउँथे, किनकि मेरो सपना थियो, म केही बनूँ ।
यो अनौठो छ यस्तो खालको सपनाले तपाईंको जीवनमा कति धेरै प्रभाव पार्न सक्छ । मलाई याद छ छैटौं कक्षामा हामीले इन्ट्राम्यूरल बास्केटबल खेल्यौं र हाम्रो टिमले दुई म्याच जित्यो, यसैले हामी सर्कसविले, ओहियोमा ओल्ड मिल स्ट्रीट जिम गयौं, जहाँ मैले चौथो कक्षामा बास्केटबल म्याच हेरेको थिएँ । जब हामी त्यहाँ पुग्यौं, तब बाँकी खेलाडीसँगै वार्मअप गर्न मैदानमा जानुको साटो म त्यो बेञ्चतिर बढें, जहाँ मैले हाईस्कुलका खेलाडीलाई दुई वर्ष पहिला देखेको थिएँ । म त्यही बसें जहाँ उनीहरु बसेका थिए र मैले आफ्ना आँखा बन्द गरे (जो जिमनेशियमका शक्ति बन्द गर्नुजस्तै थियो) । फेरि मैले मनमनै आफ्नो नामको घोषणा सुनें र दौडेर मैदानमा पुगेँ ।
काल्पनिक तालीको आवाज सुन्दा मलाई यति मजा आयो कि मलाई यस्तो फेरि दोहो¥याएर गर्न मनलाग्यो ! मैले यस्तै गरेँ । मैले यस्तो तीन पटकसम्म गरे र अचानक मलाई अनुभव भयो मेरा साथीले बास्केटबल खेल्न छोडिसकेका थिए । उनीहरु अचम्म मानेर मतिर हेरिरहेका थिए । तर मलाई यसको कुनै वास्ता थिएन, किनकि म जे बन्ने सपना देखिरहेको थिएँ, त्यसको नजिक पुगेको थिएँ ।
हर मानिस चाहन्छ अरुले उसलाई सम्मान र महङ्खव देओस् । दोस्रो शब्दमा हर मानिस केही बन्न चाहन्छ । जब यो कुरा तपाईंको दैनिक चिन्ताको भाग बन्नेछ तब तपाईंले यो सम्झनुहुनेछ कि मानिस के कारणले काम गर्छ । यदि तपाईं हर मानिससँग यस्तो खालको व्यवहार गर्नुहुन्छ, जस्तो ऊ दुनियाँको सबैभन्दा महङ्खवपूर्ण मानिस होस्, तब तपाईं त्योसम्म यो संदेश पु¥याउनुहुन्छ कि ऊ तपाईंको लागि केही हो ।
२. कसैलाई यो कुराको वास्ता हुँदैन कि तपाईं कति जान्नुहुन्छ, जबसम्म उसले यो थाहा पाउँदैन कि तपाईं कति वास्ता गर्नुहुन्छ
प्रभावकर्ता बन्नको लागि तपाईंले आफ्ना अधीनस्थको नेतृत्व गर्ने कोसिस गर्नुभन्दा पहिला उनीहरुसँग प्रेम गर्नु पर्नेछ । जुन क्षण मानिसले जान्दछन् कि तपाईंले उनीहरुको वास्ता गर्नुहुन्छ, त्यसैक्षण तपाईंको बारेमा उनीहरुको दृष्टिकोण बदलिन्छ ।
अरुसम्म यो सन्देश पु¥याउन सजिलो हुँदैन कि तपाईं वास्ता गर्नुहुन्छ । तपाईंका अधीनस्थको कारणले तपाईंले महानतम सफलता पाउनुहुन्छ तथा सबैभन्दा सुखद् अनुभव हुन्छ । त्यसको कारण तपाईं सबैभन्दा कठिन मुश्किल, आघात तथा दुःख पनि झेल्नुहुन्छ । तपाईंका अधीनस्थ तपाईंको सबैभन्दा ठूलो सम्पत्ति पनि हुन् र तपाईंको सबैभन्दा ठूलो भार पनि हुन् । चुनौती यो हो कि चाहे जे होस्, तपाईंले उनीहरुको वास्ता गरिरहनु पर्छ ।
“पेराडक्सिकल कमाण्डमेन्टस् अफ लिडरशीप” मा लेखेका छन्ः
मानिस अतार्किक र आत्मकेन्द्रित हुन्छन् – यति भएर पनि उनीहरुसँग प्रेम गर्नुस् !
यदि तपाईं सफल हुनुहुन्छ भने तपाईंका झूठा साथी र सच्चा दुश्मन बन्नेछन्, यति भएर पनि सफल हुनुस् !
तपाईं आज जुन भलाइ गर्नुहुन्छ, त्यो भोलि बिर्सिदिइनेछ, यति भएर पनि भलाइ गर्नुस् !
इमानदारी र स्पष्टवादिताको कारणले तपाईंको आलोचना हुनेछ, यति भएर पनि इमान्दार र स्पष्टवादी रहनुस् !
महानतम विचार भएका महानतम मानिसलाई निकृष्टतम दिमाग भएका निकृष्टतम मानिसले गोली हान्न सक्छन् – यति भएर पनि महान् विचार सोच्नुस् !
मानिस अण्डरडग (पराजित) को समर्थन गर्छन्, तर टप डग (विजेता) को पछाडि लाग्छन् – यति भएर पनि अण्डरडग बन्नको लागि संघर्ष गर्नुस् !
वर्षौं मेहनत गरेर तपाईंले जे बनाउनुभएको छ त्यसलाई एक रातमा मेटाउन सकिन्छ – यति भएर पनि यसलाई बनाउनुस् !
मानिसलाई साँच्चै मद्दतको जरुरत छ, तर यदि तपाईं उनीहरुको सहयोग गर्नुहुन्छ भने उनीहरुले तपाईंमाथि हमला गर्न सक्छन् – यति भएर पनि मानिसको सहयोग गर्नुस् ।
जब तपाईं दुनियाँलाई आफ्नो सर्वश्रेष्ठ दिनुहुन्छ, तब कैयौं पटक तपाईंको मुखमा लात्ती लाग्नेछ – यति भएर पनि आफ्नो सर्वश्रेष्ठ दिनुस् !
यदि उत्कृष्ट गर्न सम्भव छ भने राम्रो पर्याप्त छैन ।
यदि तपाईं अरुको सहयोग गर्न चाहनुहुन्छ र प्रभावशाली मानिस बन्न चाहनुहुन्छ भने मुस्कुराइरहनुस्, बाँड्दै रहनुस्, दिँदै रहनुस् र दोस्रो गाला अगाडि गर्दै रहनुस् । मानिससँग व्यवहार गर्ने यो सही तरिका हो । यो बाहेक, तपाईंले कहिल्यै थाहा पाउनुहुन्न कि तपाईंको प्रभाव वृत्तमा रहेकाको मानिस भविष्यमा माथि उठ्नेछन् र तपाईं तथा अरुको जीवनमा अन्तर ल्याउनेछन् ।
३. हर मानिसलाई कसैको आवश्यकता हुन्छ
लोकप्रिय मान्यताको विपरीत आफ्नो साहसमा सफल हुनेहरु या स्वनिर्मित व्यक्ति जस्तो कुनै कुरा हुँदैन । हर व्यक्तिलाई मित्रता, प्रोत्साहन र मद्दतको आवश्यकता हुन्छ । जुन मानिसले आफ्नो साहसमा केही हासिल गरेका छन्, उनीहरुले अरुसँग मिलेर यो काम गरेका भए योभन्दा धेरै हासिल गर्न सक्थे । यतिमात्र हैन, अरुसँग मिलेर काम गर्नमा सन्तुष्टि मिल्थ्यो । एकाकी मानिस सायदै सुखी हुन्छन् । प्राचीन इजरायलका किङ सोलोमनले मिलेर काम गर्नुको महङ्खवलाई यसरी व्यक्त गरेका थिएः
एकभन्दा दुई राम्रो,
किनकि यसबाट उनीहरुलाई धेरै लाभ हुन्छः
यदि एक तल खस्छ भने,
उसका साथीले उसलाई माथि उठ्नमा मद्दत गर्नेछन् ।
तर त्यो मानिसमा कृपा गर, जो लड्छ र उसलाई उठाउनेवाला कोही हुँदैन !
यो बाहेक, यदि दुई मानिस सँगसँगै सुत्छन्,
तब उनीहरु तातो रहन्छन् ।
तर एक्लो मानिस कसरी तातो रहन सक्छ ?
एकलाई हराउन सकिन्छ,
तर दुई भएमा आफ्नो रक्षा गर्न सक्छन् ।
तीन धागोको डोरीलाई सजिलै चुँडाउन सकिँदैन ।
जो मानिस एक्लै हर काम गर्ने कोसिस गर्छन्, उनीहरु धेरैजसो आफूलाई मुश्किलमा पार्छन् । हामीले यो विषयमा जुन रोचक कथाहरु सुनेका छौं, त्यसमध्ये एक त्यो कामदारको बीमाको दाबाको बारेमा छ, जो एक भवन बनाउँदा घाइते भएको थियो । उसले इँटको थुप्रोलाई छतमुनि उतार्ने कोसिस गरेको थियो र कसैसँग मद्दत मागेको थिएन । बीमाको राशीको लागि आवेदन दिँदा उसले लेखेको थियोः
इँटलाई हातले एक एक गरेर तल ल्याउनमा धेरै समय लाग्छ, यसैले मैले उनलाई एक ब्यारेलमा राख्ने फैसला गरेँ । मेरो विचार थियो, म भवनको छतमा एक घिर्नी बाँधेर यी इँटलाई डोरीले तल पु¥याउनेछु । फुटपाथमा डोरीलाई सुरक्षित तरिकाले बाँधेपछि म भवनको छतमा पुगेँ । मैले ब्यारेलमा डोरी बाँधे, यसमा इँट लादिएको र यसलाई फुटपाथमा तलतिर झुण्ड्याइदिएँ ।
यसपछि म तल फुटपाथमा गएँ र डोरी खोलिदिएँ । मैले यसलाई सुरक्षित तरिकाले समातिराखेको थिएँ, ताकि ब्यारेल बिस्तारै तल आओस् । तर मेरो वजन सिर्फ १४० पाउण्ड छ, यसैले ५०० पाउण्डको वजनले मलाई जमिनबाट यति तीव्र गतिमा माथि उठायो कि मैले सोच्ने समय नै पाइनँ कि म डोरी छोडिदिउँ जब म दोस्रो र तेस्रो तलाको बीचमा थिएँ तब तल आएको ब्यारेल मैले बाटोमा भेट्टाएँ । यसको कारणले मेरो शरीरको माथिल्लो भागमा चोट र घाउ लाग्यो ।
म डोरी समातेर बसेँ, जबसम्म म छतमा पुगिन्, जहाँ मेरो हात घिर्नीमा फस्यो । यसको कारणले मेरो औँठा भाँचिएको छ ।
तर, यसै समय ब्यारेल फुटपाथमा विस्फोटका साथ खस्यो र इँटमुनि खस्यो । इँटको वजन कम भएपछि ब्यारेलको वजन सिर्फ चालीस पाउण्ड बच्यो । यसैले मेरो १४० पाउण्ड वजनको शरीर छिटो तलतिर आउन थाल्यो र माथि आएको खाली ब्यारेल मैले बाटोमा भेटाएँ । यसको कारणले मेरो कुहिना भाँचिएको छ ।
सिर्फ थोरै खुकुलो भएपछि म तलतिर खस्दै गएँ र इँटको थुप्रोमा खसे“ । यस कारणले मेरो कम्मरमा भीषण दुखाइ भयो र मेरो कलर बोन (काँध छेउको हड्डी) भाँचिएको छ ।
यो बिन्दुमा मेरो सोच्ने शक्ति सकियो र मैले डोरी छोडिदिएँ । नतिजा यो भयो कि खाली ब्यारेल तीव्रताले आएर मेरो टाउकोमा लाग्यो । यही मेरो टाउकोको चोटको कारण बन्यो ।
यो फार्ममा दिएको अन्तिम प्रश्न, “यदि यही स्थिति फेरि आयो भने तपाईं के गर्नुहुनेछ ?” को बारेमा तपाईं यो थाहा पाइ राख्नुस् कि अब म यो काम एक्लै गर्नेछैन ।
हर मानिसलाई कसैको न कसैको सहारा र मद्दतको जरुरत हुन्छ । यदि तपाईंलाई यस्तो लाग्छ भने तपाईं अरुलाई सहारा दिन र उनीहरुको मद्दत गर्न इच्छुक हुनुहुनेछ । फेरि तपाईं मिलेर सही लक्ष्यको दिशामा काम गर्न सक्नुहुन्छ, जसबाट उनीहरुको तथा तपाईंको जीवन बदलिन सक्छ ।
४. जब कसैले बुझ्छ र विश्वास गर्छ भने हर मानिस केही बन्न सक्छ
जब तपाईं मानिसलाई सम्झाउनुहुन्छ र उनीहरुमा विश्वास गर्नुहुन्छ भने उनीहरु साँच्चै केही बन्न सक्छन् । मानिसलाई महङ्खवपूर्ण अनुभव गराउनुमा धेरै कोसिसको जरुरत हुँदैन । सोची सम्झी सही समयमा गरिएको सानो सानो कुराले धेरै फरक पार्न सक्छ, जस्तो जोनको यो कथाले बताउँछः
चौध वर्षसम्म मैले सानडियेगो इलाकाको ठूलो धर्म समुदायको पादरी बन्ने सौभाग्य प्राप्त गरे, जहाँ हामी हरेक वर्ष क्रिसमसमा एक अद्भुत समारोह आयोजित गथ्र्यौं । हामी यसमा अठ्ठाइस कार्यक्रम गथ्र्यौं र हरेक वर्ष लगभग तीस हजार मानिसले यो हेर्थे ।
यो समारोहमा सधैं बच्चाको कार्यक्रम पनि हुन्थे । केही वर्ष पहिला समारोहको मेरो विशेष प्रिय कार्यक्रम एक गीत थियो, जसमा तीन सय बच्चाले देवदूतको पोशाक लगाएर मैनबत्ती बोकेर गीत गाए । गीत सकिएपछि उनीहरु मञ्चबाट ओर्लिए र चर्चको अगाडिको लबीबाट बाहिर निस्किए ।
मैले यो फैसला गरें कि म पहिलो प्रदर्शनको समयमा लबीमा उनलाई पर्खेर बस्नेछु । उनलाई थाहा थिएन कि म त्यहाँ बस्नेछु, तर जब उनी नजिकबाट जानेछन् तब मैले ताली बजाएर उनको तारिफ गरें र भनें, “बच्चा हो, तिमीले धेरै राम्रो काम ग¥यौं !” उनीहरु मलाई देखेर अचम्ममा परेका थिए, तर प्रोत्साहन पाएर उनीहरु खुशी भए ।
दोस्रो प्रदर्शनपछि पनि मैले यस्तै गरें । म देख्न सक्थेँ लबीमा भित्र आउँदा उनी आशापूर्ण नजरले हेरिरहेका थिए, के म उनको तारिफ गर्नलाई त्यहाँ बसेको थिएँ । रातको तेस्रो प्रदर्शनमा जब उनी लबीको मोडमा मोडिए, तब उनको अनुहारमा मुस्कान थियो । जब उनी लबीमा भित्र आए, तब उनले मतिर हात उठाएर विजयको संकेत गरे । उनलाई धेरै राम्रो लागिरहेको थियो । उनलाई थाहा थियो, उनीप्रति मलाई विश्वास थियो र यसले ती सबैलाई यो अनुभव भयो कि उनीहरु पनि केही थिएँ ।
पछिल्लो पटक तपाईंले कहिले अतिरिक्त प्रयास गरेर मानिसलाई केही विशेष भएको अनुभव गराउनुभएको थियो ? यसमा तपाईंले लगानी गर्नुपर्छ, त्यो उनीहरुमाथि पर्ने प्रभावको तुलनामा धेरै कम हुन्छ । जुन मानिसलाई तपाईं चिन्नुहुन्छ या जोसँग तपाईं भेट गर्नुहुन्छ, ती सबैमा अरुको जीवनमा महङ्खवपूर्ण व्यक्ति बन्ने क्षमता हुन्छ । उनीहरुलाई आफ्नो क्षमतासम्म पुग्नको लागि सिर्फ तपाईंको प्रोत्साहन र प्रेरणाको जरुरत हुन्छ ।
५. जसले एक मानिसको मद्दत गर्छ, उसले धेरै मानिसलाई प्रभावित गर्छ
तपाईंले मानिसको बारेमा जुन अन्तिम कुरा बुझ्न जरुरी छ, त्यो हो जब तपाईं एक मानिसको मद्दत गर्नुहुन्छ, तब असलमा तपाईं धेरै मानिसमाथि प्रभाव पारिरहनुभएको हुन्छ । तपाईं एक मानिसलाई जे दिनुहुन्छ, त्यो ती सब मानिसको जीवनमा पुग्छ, जसलाई उनीहरुले प्रभावित गर्छन् । प्रभावको प्रकृति बहुगुणित हुनु हो । यसको असर तपाईंमा पनि पर्छ, किनकि जब तपाईं अरुको मद्दत गर्नुहुन्छ र तपाईंको सोचाइ राम्रो हुन्छ, तब तपाईंले जति दिनुहुन्छ, तब तपाईंले सधैं त्योभन्दा धेरै पाउनु हुनेछ । जब अर्को कुनै मानिसले यो अनुभव गराउँछ कि ऊ केही खास हो, तब धेरैजसो मानिस साँच्चै कृतज्ञ हुन्छन् र उनीहरु सधैँ आफ्नो कृतज्ञता व्यक्त गर्छन् ।
अरुलाई बुझ्ने छनोट गर्नुस्
अन्त्यमा यो थाहा पाउनुस् कि मानिसलाई बुझ्ने क्षमता एक छनोट हो । यो साँचो हो केही मानिसमा यो जाँच्ने प्रतिभा जन्मजात हुन्छ कि अरुले कस्तो सोच्छ र महसुस गर्छ । तर यदि तपाईंमा यो जन्मजात प्रतिभा छैन भने पनि तपाईं लोक व्यवहारको कला सिक्न सक्नुहुन्छ । अरुलाई बुझ्ने, प्रेरित गर्ने र अन्ततः प्रभावित गर्नमा हर मानिस निपूर्णता हासिल गर्न सक्छ ।

