
काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ५० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ३३४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो ।




























