
काठमाडौँ | धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लाग्दै दुई हजार ६ सय ७४ दशमलव ४८ बिन्दुमा झरेको हो ।यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दुई दशमलव ३१ अङ्कले घटेर ४ सय ६१ दशमलव ४८ मा सीमित भएको छ ।आज ३ सय ५३ कम्पनीका एक करोड ४० हजार १ सय ६४ कित्ता शेयर चार अर्ब ३६ करोड २१ लाख रुपैयाँभन्दा बढीमा खरिद–बिक्री भएका छन् ।कारोबार भएका कम्पनीमध्ये २२ कम्पनीको शेयर मूल्य बढ्दा २ सय ३९ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो । त्यस्तै सोपान फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट तथा बुङ्गल हाइड्रोपावर उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।आजको कारोबारमा टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।यता बुङ्गल हाइड्रो, अपोलो हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरका शेयरधनीले भने सबैभन्दा बढी गुमाएका छन् ।



























